लागुऔषधसहित ३ जना पक्राउ

कास्की | जेठ २७, २०७९

लागुऔषधसहित ३ जना पक्राउ

कास्की:  जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा  जिल्ला स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.८ बस्ने वर्ष २५ को बिराज हमाल, पुतलीबाजार नगरपालिका ४ बस्ने वर्ष २६ को देवान्स थापा र आँधिखोला गाउँपालिका ३ बस्ने २० वर्षिय मनीष पौडेल रहेका छन् ।

 

कास्की प्रहरीका अनुसार उनीहरुलाई गत २५ गते करिब साढे ४ बजे लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पोखरा ९ नागढुंगाबाट लागुऔषधसहित पक्राउ गरिएको हो ।

 

उनीहरुको साथबाट ७० एम्पुल डाईजापाम,१२० एम्पुल फेनेरागन, ९५ एम्पुल नुर्फिन गरी कुल २८५ एम्पुल लागुऔषध र ४ थान मोबाइल बरामत गरेको कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले बताए । 

 

उनका अनुसार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि कसुरमा ७ दिन म्याद थप गरि अनुसन्धान अगाडी बढाइएकोे छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्